सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोटस आई क्रिकेट कपको तयारी पुरा

२०८० असोज १४, ०९:३५ खबर संवाददाता

धनगढीः  कैलालीको अत्तरियामा आयोजना हुने लोटस क्रिकेट कप प्रतियोगीताको तयारी पुरा भएको आयोजक अत्तरिया क्रिकेट क्लबले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको छ। पत्रकार सम्मेलनमा प्रतियोगीताको ट्रफी र टाईसिट सार्वजनिक गरिएको थियो।

यही असोज १७ गतेदेखी सुरु हुन गैरहेको प्रतियोगीतामा कैलाली र कञ्चनपुरका ८ वटा विद्यालयहरुको सहभागीता रहेको प्रतियोगीताका संयोजक कमल कडायतले बताए। उनका अनुसार कैलालीका सत्यवती एकेडेमी, लोटस आई अंग्रेजी मावि, सैनिक आवाशिय महाविद्यालय, जे.के. मावि, सरस्वती मावि र दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय रहेका छन भने कञ्चनपुरबाट कंचनजंगा मावि र ज्योती अंग्रेजी बोर्डिङ स्कुल रहेका छन्।

टि–२० फ्रम्याटमा हुने प्रतियोगीतामा सहभागी विद्यालयहरुलाई २ पोलमा विभाजन गरिएको कडायतले बताए। पोल ‘ए’ मा सैनिक आवाशिय महाविद्यालय, लोटस आई अंग्रेजी मावि, कञ्चनजंगा मावि र सरस्वती मावि रहेका छन भने पोल ‘बि’ मा सत्यवती एकेडेमी, दुर्गालक्ष्मी नमुना मावि, जेके मावि र ज्योती अंग्रेजी बोर्डिङ स्कुल रहेका छन्। प्रतियोगीतामा प्रथम हुनेले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। 

कमेन्ट लोड गर्नुस