सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको दिपायलमा रहेको शिव शिखर सहकारी सिल

२०८० असोज १४, ०८:५९ खबर संवाददाता

डोटीः  डोटीको दिपायलमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आइतवार सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय डोटीले उक्त सहकारीलाई सिल गरेको हो।

जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमान्डौंको पत्रअनुसार शिव शिखर सहकारी संस्थाको दिपायल शाखा सिल गरिएको हो।

यसअघि शिव शिखर सहकारी संस्थाले आफूहरूलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा बचतकर्ताहरूले जाहेरी दिएका थिए। शिव शिखरबाट ठगिएको भए जाहेरी दिन भन्दै प्रहरीले गत जेठ ६ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो।
 

कमेन्ट लोड गर्नुस