सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ओझाको ऐँठनलाई मदन पुरस्कार

२०८० असोज १४, ०८:४० खबर संवाददाता

काठमाडौँः  यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनलाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको आइतबारको बैठकले उक्त निर्णय गरेको हो।

आख्यानकार ओझा कैलालीको टीकापुरका स्थायी बासिन्दा हुन्। यस्तै, २०७९ सालको जगदम्बाश्री वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको छ। ओझाको यसअघि ऐलानी नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन्। दुवै पुरस्कारको राशि ४÷४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ। यो सम्मान पहिलोपटक नारायण गोपाललाई दिइएको थियो।

नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्तिरसंस्थालाई जगदम्बा–श्री दिइँदै आइएको छ। मदन पुरस्कारको राशि चार लाख रुपैयाँ छ।

ऐँठन विवेकको दोस्रो कृति हो। यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए। यस प्रयोजनका लागि गुठीमा ३१३ पुस्तकमध्येबाट पाँच पुस्तक श्रेष्ठ सूचीमा परेका थिए। त्यसमा परेका पुस्तकमा इजोरिया (सुविन भट्टराई), ऐँठन (विवेक ओझा), चक्रव्यूहमा नेपालको जलस्रोत (द्वारिकानाथ ढुङ्गेल), थाङ्ग्रा (प्रगति राई) र माटाको घर (सञ्जय विष्ट) रहेका थिए।
 

कमेन्ट लोड गर्नुस