सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिमको सीमानाकाबाट एकै दिन भित्रीए ८ सय ४२ जना

२०८० असोज १४, ०५:५२ खबर संवाददाता

धनगढीः  सुदुरपश्चिमका विभिन्न सीमानाकाबाट एकै दिन ८ सय ४२ जना भित्रीएका छन्। भारतमा रोजगारीका लागि गएका सुदुरपश्चिमका विभिन्न जिल्लाका ८ सय ४२ जना आइतवार नेपाल भित्रीएका हुन्।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार सबैभन्दा बढी  जोलाजिमी नाका दार्चुला भएर ४२१ जना भित्रीएका छन्। यस्तै गौरीफन्टा नाका कैलालीबाट २९१ जना, गड्डाचौकी नाका कञ्चनपुरभएर १३० जना भित्रीएका छन्। रोजगारीकालागि भारत गएकाहरु दशैँ–तिहार नजिकिएसँगै स्वदेश फिर्ता हुनेको संङ्ख्या बढ्न थालेको छ।
 

कमेन्ट लोड गर्नुस