सुदूर नेपाललाई विश्वसँग जोड्दै

थारु कल्याणकारिणी सभा कैलालीको सभापतिमा विरबहादूर विजयी

२०८० असोज १४, ०९:५१ खबर संवाददाता

धनगढीः थारु कल्याणकारिणी सभा कैलालीको सभापतिमा विरविरबहादूर चौधरी विजयी भएका छन्। उनले आफ्ना प्रतिद्धन्दी दिलविरबहादूर चौधरीसँग ३ मतले विजयी भएका हुन्। सभापतिमा विजयी भएका विरविरबहादूर चौधरी १५३ मत ल्याएर बिजयी भएका हुन्। उनको प्रतिद्धन्दी दिलविरबहादूर चौधरीले १५० मत ल्याएका छन्।

यस्तै सभापतिको उम्मेदवार देशराम चौधरीले २ मत प्राप्त गरेका छन्। उपसभापतिमा विजयी भएका चुनीराम चौधरी १८७ र अर्का विजयी उम्मेदवार लक्ष्मण चौधरी १५६ मत ल्याएका छन्। तीन ओटा उपसभापति चाहिएकोमा एक जना महिला सुस्मिता चौधरी पहिले नै निर्विरोध निर्वाचित भइसकेकी थिइन्।

यस्तै  उपसभापतिका प्रतिद्धन्दी उम्मेदवार बतासु चौधरीले १३६ र मानविरबहादूर चौधरीले २० मत प्राप्त गरेका छन्। सचिवमा बुधराम चौधरीले १६० मत ल्याएरे विजयी भएका छन्। उनको प्रतिद्वन्दी बसन्ती चौधरीले १४३ मत प्राप्त गरेकी छिन्। सहसचिवमा विनोद चौधरी विजयी भएका छन्। उनले १५२ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिद्वन्दी रतन चौधरीले १२८ मन प्राप्त गरेका थिए। यस्तै कोषाध्यक्षमा दिव्य प्रियासी चौधरीले १६१ मत ल्याएर विजयी भएकी छिन्।

उनको प्रतिद्वन्दी सुनिता चौधरीले १३६ मत प्राप्त गरेकी थिइन्। थारु कल्याणकारिणी सभा कैलालीले गत असोज ६ गते कैलारी गाउँपालिकाको हसुलियामा नवौ जिल्ला अधिवेशन सुरु भएको थियो। त्यो दिन उदघाटन कार्यक्रम र बन्दशत्र गरेर राति ११ बजेपछि चुनाव असोज १३ गते सारिएको थियो।
 

कमेन्ट लोड गर्नुस