सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले उचाल्यो

२०८० असोज १३, ०७:५९ खबर संवाददाता

काठमाडौंः  भारतले यु–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि हात पारेको छ।

काठमाडौंमा आयोजना भएको प्रतियोगिताको फाइनलमा भारतले पाकिस्तानलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा भारतले ३ गोल गर्दै पाकिस्तान विरुद्ध सहज जित हासिल गर्‍यो।

यसअघि भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो। २०१५ को पहिलो र २०१७ मा भएको दोस्रो संस्करणमा भने नेपाली यू–१९ टोली च्याम्पियन बनेको थियो। 
 

कमेन्ट लोड गर्नुस