बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’ यसरी बने नायक

महेन्द्रनगरः क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै छन्। उनले चार छोरा र एक छोरी अरुकै खेत कमाएर हुर्काए।
अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेटबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको निकै खुसी छ। ‘क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो,’ बुबा वीरभानले खुसी व्यक्ति गर्दै भने, ‘खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ।’ तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उनको भनाइ छ।
‘ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै’, उनले भने, ‘तर क्रिकेटबाट छोराले दिएको खुसीले हाम्रो दुःख नै ओझेलमा प¥यो।’ महेन्द्रनगरमा ऋण लिएर ६ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन। ‘अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा रु १५÷२० लाख ऋणमा डुबें’, उनले भने, ‘रु ९÷१० लाख छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट ति¥यौँ।’
कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन्। यसपटक भने १९औँ एसियन खेलकुदमा उनी टिममा परेनन्। थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्।
‘क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पु¥यायो’, उनले भने, ‘अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा।’ कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा (एसएलसी) सन्राइज हायर सेकेण्ड्री स्कुलबाट गरे। ‘सन्राइजबाट भीम क्रिकेटमा राइज भयो’, बुबा वीरभानले भने, ‘स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो।’
एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन्। ‘जमिन घरबासका लागि डेढ कट्ठा मात्रै छ’, उनले भने, ‘क्रिकेटबाट भीमले परिवारकै ठूलो परिचय बनाइदियो।’ परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ।
‘ऋणदानदेखि आर्थिक हरहिसाब सबै भीमले नै सम्हालेको छ’, उनले भने, ‘काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो।’ क्रिकेट सुरु गर्दा मैदान छेउमा उभिएर हेर्दा त्यो बेलाका सिनियर खेलाडी चन्द्र साउदले भीमलाई क्रिकेटमा भित्र्याएको वीरभानले स्मरण गरे।
‘क्रिकेट हेर्न गएका बेला भीमलाई बाहिर गएको बल ल्याउन चन्द्रले भनेछन्’, उनले भने, ‘त्यसपछि चन्द्रले क्रिकेट खेल्न आउन आग्रह गरेपछि भीमले भोलिपल्टैबाट क्रिकेटमा जोडिन थाल्यो।’ त्यसअघि भीमका दाजु विनोद पनि क्रिकेट खेलाडी थिए। तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएपछि भीम खेलतिर लागेका हुन्। ‘भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो’, उनले भने, ‘कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ।’
यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाहीले आर्थिक स्थिति कमजोर अवस्थामा पनि भीमले क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन्। ‘बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउँथ्यो’, उनले भने, ‘अहिले क्रिकेटमा अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो।’ बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुलले निकै सहयोग गरेको शाहीको भनाइ छ।
दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था भने नाजुक रहेको क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दको भनाइ छ। ‘सरकारले क्रिकेटका लागि यहाँ लगानी गरिदिन्न अरु कहाँबाट सहयोग मिल्ने हो खै’, उनले भने, ‘खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद क्षेत्रको विकासमा ध्यान दिएन।’
पछिल्लो केही वर्षयता कवर्डहल परिसरमा क्रिकेट मैदान निर्माणका लागि केन्द्रबाट बजेट आइरहेको भए पनि आवश्यक बजेट नआउँदा काम कछुवा गतिमा छ। ‘हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन्’, उनले भने, ‘संरचना निर्माणमा सरकारले पनि जागरुकता देखाए प्रतिभावान खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ।’
अमेरिकामाथि नेपालको सानदार जित, नायक बने करण र भीम
आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले अमेरिकामाथि रवाफिलो जित निकालेको छ। दुई सय आठ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। जितसँगै नेपालले आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा महत्वपूर्ण दुई अंक आर्जन गरेको छ। नेपालको जितमा बलिङमा करन केसी र ब्याटिङमा भीम सार्की नायक रहे।
पाँचौँ ओभरमा २५ रनमै पहिलो विकेट गुमाएको नेपालका लागि धैर्यपूर्वक ब्याटिङ गर्दै भीम अन्तिमसम्म क्रिजमा रहे। ११४ बल खेलका भीमले एक छक्का र सात चौकाको मद्दतमा ७७ रन बनाए। उनले अर्धशतक पूरा गर्न ९७ बल खेलेका थिए। १३औँ एकदिवसीय म्याचमा खेलिरहेका भीमको यो तेस्रो अर्धशतक हो। उनले ओपनर कुशल भुर्तेल, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीसँग महत्वपूर्ण साझेदारी गरे।
३२ बलमा ३९ रन बनाएका दीपेन्द्रले विजयी सटका रूपमा चौका प्रहार गरे। एक समय नेपाल ब्याटिङमा दबाबमा परेको थियो। पाँचौँ ओभरमा २५ रन बनाउँदा ओपनर ब्याटर आसिफ सेख आउट भएपछि भीम क्रिजमा आएका थिए। त्यसपछि उनले कुशल भुर्तेलसँग ४९, कप्तान रोहितकुमार पौडेलसँग ३७ र कुशल मल्लसँग २५ रनको साझेदारी गरे। आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपाल र अमेरिका भिडेका थिए।
जिम्बावेको हरारेमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि अमेरिका ब्याटिङ गर्न आएको थियो। ४९ ओभरमा अलआउट हुँदै अमेरिकाले दुई सय सात रन बनायो। आफ्नो अन्तिम ओभरमा गुल्सन झाले दुई विकेट लिएपछि अमेरिका निर्धारित ५० ओभरको खेलमा एक ओभरअगाडि नै अलआउट भएको थियो। अमेरिकाका लागि सायन जहाँगिरले नटआउट रहँदै एक सय रन बनाए। ध्वस्त भएको अमेरिकी इनिङ सम्हाल्ने क्रममा उनले जम्मा ७९ बलमा तीन छक्का र १० चौकाको मद्दतले एक सय रन बनाएका हुन्। –रासस
.gif)


