सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ११ नम्बर वडामा पाँच दिने योग शिविर सुरू

२०८० असोज १३, १०:५६ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा पाँच दिने योग शिविर सुरू भएको छ। शनिबारबाट वडा कार्यलय प्राङ्गणमा योग शिविर सुरू भएको हो।

पाँच दिनसम्म चल्ने योग शिविरको आयोजना ११ नम्बर वडा कार्यालयले गरेको हो भने सहयोग पतञ्जलि योग समिति कैलालीको रहेको छ। वडा अध्यक्ष रुपकबहादुर कुँवरको अगुवाइमा वडा सदस्यहरू र अन्य वडावासी योग शिविरमा सहभागी भएका छन्।

पहिलो दिन ३७ जना स्थानीयको सहभागिता रहेको थियो भने भोलिबाट अझै संख्या बढाउने अध्यक्ष कुँवरले बताएका छन्। उनले स्थानीयलाई नियमित योगाभ्यास गर्न उत्प्रेरित गर्न पाँच दिने शिविर आयोजना गरेको बताए।

योग शिविरमा पतञ्जलि योग समिती कैलालीका अध्यक्ष श्यामराज श्रेष्ठ, जिल्ला युवा प्रभारी सुवास बमसहित ८ जना योग गुरु र योग सह(शिक्षकहरूले स्थानीयलाई पाँच दिनसम्म योग प्रशिक्षण गराउने छन्।

कमेन्ट लोड गर्नुस