सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा डेढ् लाख बढीका सामान बरामद

२०८० असोज १३, १०:२७ खबर संवाददाता

कञ्चनपुरः कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ११ चौकीसत्ताबाट भन्सार छली ल्याएका अन्दाजी १५ हजार मूल्य बराबरका प्लाष्टिकको कुर्ची, प्लाष्टिकको बाटा लगायतका सामान र कृष्णपुर नगरपालिका ५ गजरौला स्थित मोहना खोला नजिकबाट अन्दाजी १८ हजार २ सय ६४ मूल्य बराबरको सुर्ती, चिनी, बिष्कुट लगायतका सामान प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेल नजिकबाट अन्दाजी ८ हजार ८ सय ५० मूल्य बराबरको चिनी, पानीपुरी, कुर्ती र भजनी नगरपालिका ५ ठेकी पुलबाट अन्दाजी १ लाख २० हजार मूल्य बराबरको हार्डवेयरका सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस