सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा असोज १९ गते आँखा शिविर संचालन हुने

२०८० असोज १२, ०८:३० खबर संवाददाता

धनगढीः  कैलालीमा आँखा शिविर सञ्चालन हुने भएको छ। जिल्लाको गोदावरी नगरपालिका– १२ मा आँखा स्वास्थ्य शिविर संचालन गरिने भएको छ।

च्यारेटी हेल्थ फाउन्डेशन नेपालको आर्थीक सहयोग तथा धनगढी नेत्रालय प्रालि र गोदावरी नगरपालिका–१२ को सयुक्त आयोजनामा आँखा स्वास्थ्य शिविर संचालन हुन लागेको हो। शिविर असोज १९ गते भनथान बालविकास केन्द्र कोलमुडामा आयोजना गरिने वडा अध्यक्ष भिम बहादुर खड्काले बताए।

शिविरमा औषधी निःशुल्क वितरण गरिने र, अप्रेशन गर्नुपर्ने विरामीको समेत नेत्रालयमा निःशुल्क अप्रेशन गरिने वडा अध्यक्ष खड्काले बताए। शिविरमा नाम दर्ता शुल्क भने २५ रुपैयाँ तोकिएको छ।

कमेन्ट लोड गर्नुस