तीन लाख बढीका भन्सार छलीका सामान बरामद

२०८० असोज १२, ११:१०
धनगढीः कैलाली र कञ्चनपुरबाट तीन लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ सुकासालबाट र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगरबाट भन्सार छलीका सामान बरामद गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार कञ्चनपुरबाट २ लाख ७५ हजार मूल्यका चिनी, मिश्री, नरिवल तथा सुर्ती र धनगढीबाट २६ हजार मूल्य बराबरका चामल र गहुँ बिहिवार साँझ बरामद गरिएको हो। उक्त सामान प्रहरीले भन्सार कार्यालयहरूमा बुझाएको छ।


कमेन्ट लोड गर्नुस