सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिमा लाई पत्र

२०७६ वैशाख १४, १०:२३

सीमा !
इच्छा नहुँदा नहुँदै पनि तिमीलाई युटुबमा खोजे र हेरे पनि। तिमी सामान्य सेलिब्रेटी हौ भन्ने सुनेकाले शीलस्वभाव जे जस्तो भए पनि अनुहारसम्म थोरै आकर्षक होला भन्ने लागेको थियो तर तिमी त बिचारमा जस्तै अनुहारमा पनि भद्दा रैछ्यौ। तिमीलाई मेरा आँखाले झन भद्दा र कुरूप यसकारण देख्यो कि मैले तिमीमा संस्कार र सभ्यताको लेसमात्र पनि भेटिन । मानिसको आधा सम्पति उसको सुन्दरता हो भनिन्छ तर बिडम्बना तिमीमा न सुन्दरता रै छ अनि न त सस्कार र सभ्यता नै । संसारमा तिमी भन्दा दरिद्र सायदै कोहि होला ?यति छुची , मुखाले , मुर्ख र अज्ञानी छोरी जन्माएकोमा तिम्रा बाआमालाई कति पश्चाताप र आत्मग्लानी भएको होला ? ति अभागी आमाबालाई मेरो गहिरो सहानुभुति छ। 
सीमा !
तिमीले अरूको राष्ट्र र राष्ट्रियता माथि त्यति तीतो , भद्दा र अस्लिल शब्द बोल्नु अघि थोरै सोच्नुपर्ने थिएन र ? तिमीलाई समग्रमा सुनिसके पछि मलाई यस्तो लाग्यो तिमी अज्ञानी , मुर्ख र गवार त हुँदै हो त्यसभन्दा पनि पर तिम्रो मानसिक सन्तुलन नै गुमेको जस्तो लाग्यो मलाई ! मानसिक सन्तुलन ठीक भएका स्वस्थ मानिसहरू मध्यरातमा गहिरो निद्रामा हुन्छन् , तिमी त आफ्नो मित्रराष्ट्र र त्यहाँका असल छिमेकीहरू लाई अस्लिल र भद्दा शब्दमा गालिगर्दै छ्यौ । त्यो तिम्रो मानसिक सन्तुलनको दिवालिया भएको प्रमाण होइन र ? उपचार राँचीमा सम्भव नभए हाम्रै भक्तपुर आएपनि हुन्छ !
सीमा !

तिमीलाई भारतीय हुनुमा गर्व छ ! त्यो मैले पनि माने । हरेक नागरिकमा राष्ट्रभक्ति हुनुपर्छ । तर आफ्नो राष्ट्रलाई आदर , सम्मान र गौरब गर्नुको अर्थ अरूको राष्ट्र र राष्ट्रियतालाई अपमान गर्नु , होच्याउनु त होइन होला नि ? हामी जन्मजात नेपाली ( गोर्खाहौली ) हौं । हाम्रो रगत र राष्ट्रियतामा कहिल्यै मिसावट भएन । बरु मलाई त तिम्रो रगत र राष्ट्रियता दुबै प्रति संका लाग्छ । तिमीहरू भारतीय तबमात्रै भएका हौ जब फिरङ्गीहरूले भारत छोडे । तिम्रो खण्डित र विचलित राष्ट्रियतामा तिमीलाई त्यति धेरै गर्व छ भने , हामीलाई हाम्रो अखण्ड , अपराजित र अबिचलित राष्ट्रियता प्रति कम गर्व होला ? फिरङ्गीहरुले भारतलाई जसरी स्वतन्त्र छोडेर गए त्यसरी नै टिष्टा देखि काँगडासम्मको अखण्ड नेपाल नेपालीलाई छोडेर गएको भए आज तिमी अर्कै कथा कि पात्र हुनेथियौ । इतिहासको त्यो कालखण्डमा नेपालमा पनि महात्मा गान्धी अनि जिन्नाहरु जन्मन सकेका भए वर्तमान नेपालको नक्सा अर्कै हुनेथियो । बिडम्वना त्यो हुन सकेन र तिम्रो असली राष्ट्रियतामा मिसावट भयो । त्यसै मिसावटको बिकार स्वरुप मिमी जस्ता केहि कुपात्रहरुजन्मिए । यस्तै अबैध सन्तानलाई हो आमाको भन्दा धाइआमाको धेरै माया लाग्ने ।  सीमा !तिमीलाई सुसारे धाई आमाको त्यति माया लाग्छ भने हामीलाई आफ्नै जन्मदिने आमाको माया लाग्दैन होला भन्ने मुर्खता पूर्ण बिचार तिमीमा कताबाट आयो हँ?
तिमीले भनेको सुने “ मेरे माबाप ने मुझे इन्डियासे प्यार करना सिकाया ।” कुन चैं कुलङ्गार आमाबा होलान् जसले राष्ट्रलाई घृणा गर्न सिकाओस? तर तिम्रा आमाबाले मित्रराष्ट्र र त्यहाँका जनतालाई सम्मान गर्न सिकाएन छन् । तिमीले संस्कार नै अपुरो र अधुरो पाएकि रहिछौ । परिवारले राम्रो अनि पूर्ण संस्कार सिकाउन बिर्सेका मानिसको हालत तिम्रो जस्तै हुन्छ । 

सीमा !
हामी गोर्खाली हौं , नेपाली हौ ! गोर्खाली हुनुमा हामीलाई गौरव छ । हामी गोर्खाली हुनु गौरवपूर्ण इतिहासको बिरासत हो । हामीले फिरङ्गी लखेट्यौ , तिमीहरू पराजित गुलाम भयौ । कैजरबिलियमको कलेजो कंपाउने हामी हौं तिमीहरू होइनौ । पराजितहरूको हिन र कुण्ठित मनोभावनामा त्यति धेरै राष्ट्रभक्ति छ भने हामी अपराजित नेपाल आमाका सन्तानका छातीमा देशभक्ति छैन होला भन्ने कुतर्क गर्न मिल्छ । भारतमाताकी जय भनेर हाम्री आमातर्फ धारेहात लगाउँदा ! त्यसको प्रति उत्तर कस्तो आउला भन्ने थोरै हेक्का पनि राखेनौ तिमीले ? कलङ्कित आमाका सडकछाप सन्तानले पवित्र आमाको अस्तित्व र अस्मितामाथि चोर औला उठाउँदा उनका बहादुर सन्तानहरु चुपलागेर बस्लान भन्ने मुर्खता नगरेको भए तिमै भलाई हुनेथियो । 
सीमा !

तिमीले पाएको संस्कार जति अधुरो र अपुरो छ , त्यसभन्दा अधुरो र अपुरो तिमीले पाएको ज्ञान रहेछ । तिम्रा हाँगा , पात , फलफूल जता पलाए पनि अनि फलेफुले पनि तिम्रा जरा कता जोडिएका छन् त्यस कुराको हेक्का सम्म तिमीले राखिनौ । इतिहासको सहि जानकारी लिन तिमीलाई सहि गुरूको खाँचो छ । तिमी गोर्खाली हुनु नहुनु तिम्रो समस्या हो , हाम्रो होइन । धोती वा टोपी के रोज्ने त्यो तिम्रो अधिकारको कुरा हो । तर इतिहासको गलत ब्याख्या गर्ने अधिकार तिमीसंग छैन । धोती र हिन्दी भाषाप्रति त्यति धेरै माया भए टोपी लगाएर किन गोर्खा ल्याण्डको नाटक गरेको । जातीय पहिचान मेटाएर वाँच्नलगाउने तिम्रो राष्ट्र । उदेक लाग्छ तिम्रो राष्ट्रभक्ति देखेर ?

सीमा !
तिमीले हामीसंग पाकिस्तान र पाकिस्तानीलाई झै ब्यबहार गरिने कुरा गरेकी छ्यौ । त्यो पनि तिम्रो दाश र गुलाम मानसिकताको उपज हो । न नेपाल पाकिस्तान हो न त हामी नेपाली नै पाकिस्तानी ! पाकिस्तानको ह्याङओभर कसैले नेपालमाथी उतार्ने दिवाश्वप्न नदेखे हुन्छ । पाकिस्तानले जम्बुकस्मिरको स्वतन्त्रता चाहन्छ वा भारतले बलुचिस्तानको ? पाकिस्तानले भारतमा आतङ्कबाद निर्यात गर्छ वा भारतले पाकिस्तानमा ?? त्यो तिमीहरू लाई नै थाहा होला । तर हामी मित्रराष्ट्रको दुख र बिखण्डनमा कहिल्यै खुसी हुंँदैनौ । तिम्रा दोषपूर्ण आँखाले कास्मिर र दार्जिलिङ्को समस्यालाई एउटै देखेको हो भने समयमै मोतिया बिन्दुको उपचार गरे हुन्छ । गोर्खालीहरूको अधिकारको लडाइमा हाम्रो सहानुभूती रहला तर हामी मित्रराष्ट्रको बिखण्डन र अशान्तिका हिस्सेदार  किमार्थबन्न चाहन्नौ । छिमेकीको घरमा आगो झोसेर करेसाको कान्लामा बस्दै रमिता हेर्ने स्वभाब हाम्रो होइन । 
सीमा !

तिमीले भारतमा आएर भाडाँ वर्तन माझ्ने नेपालीका कारण भारतीय गोर्खाहरू अपमानित भएको कुरा गर्यौ । श्रम गरेर जीवन निर्वाह गर्ने कुरामा लज्तित हुने तिमी भारतीयहरु निर्भया जस्ता सयौ चेलीहरू दैनिक बलात्कृत हुँदा , लाखौ भु्रण हत्याहुँदा , किसानहरू ले दुई छाक टार्न नसकेर आत्महत्या गर्दा किन लज्जित हुदैनौ ? दाइजो कम ल्याइएको बहानामा एसिड छर्केर अनुहार डढाइएकी र तीन तलाक गरेर घर निकाला गरिएकी चेलीहरूको अनुहारमा त भन तिमीहरूलाई राष्ट्रिय गौरब झल्किदो होला ! सीमा ! पहिचान गुमाएर अनागरिक भएर बाँच्दा पनि तिमीमा रहेको अन्ध राष्ट्रभक्ति देख्दा टिठ लाग्यो । गुलामहरू मालिकप्रति कति बफादार हँदारैछन् भन्ने कुरा कसैले तिमीबाट सिकोस ! 
सीमा ! तिमीले भन्यौ , “ भारतलाई नेपालको सहयोग कहिल्यै चाहिएन । ”

संसारमा यो भन्दा भद्दा मजाक सायद अर्को छैन होला ! कार्गिल , तोराबोरा , सियाचिन लगाएतका तिम्रा सीमाको अग्रमोर्चामा रहेर तिमीले त्यति धेरै माया गर्ने आमाको अस्मरिता जोगाउने बहादुर को हुन ? चिनेकी छ्यौ तिमीले ? भारत–चीन र भारत–पाकिस्तान युद्दका पाना पल्टाएर हेर । तिम्रो गौरबपूर्ण इतिहासका प्रत्यक अक्षर नेपाली वीरका रगतले लेखिएको छ । बरू नेपालीहरू भारतको दया र कृपामा बाँचेका हुन् भन्ने भ्रम नपाले हुन्छ । हामी भुपरिबेष्टित अवश्य हौ , भारतबेष्टित किमार्थ होइनौ । यो कुरा तिमीले भन्दा धेरै तिम्रा प्यारा प्रधानमन्त्री नरेन्द्र मोदीले बुझेका छन् ! भारतको नाका बन्द भए नेपालीको चुलो बल्दैन भन्ने भ्रम अब नपाले हुन्छ ।

नेपालमा भुइचालो जाँदा भारतीय सरकार र आम भारतीय नागरिकले पुर्याएको सहयोग प्रति हामी आभारी छौं ! तर के तिम्रो देशमा भुइँचालो अनि सुनामी आउँदा हामी पनि हातबाँधेर बसेका थियौं र ? गुजरातमा भुँइचालो आँउदा नेपालले पठाएको चामल खाएर बाँचेकाहरु अझ पनि धेरै छन् । नपत्याए गएर सोधे हुन्छ । गुनको बदलामा गुनै तिर्न सिक्नुपर्छ सीमा । स्वार्थीहरु कृतज्ञ हुन सक्दैनन् भन्ने कुरा कसैले तिमीबाट सिकोस । नेपालीहरुले भारतमा कुल्ली , दरबान अनि भान्से बनेको देखेर लज्जित हुने तिमी भारतीय गोरखाहरुले उल्टै नेपाली रेजिमेन्टले तिम्रा सिमानाका अग्रपन्तीहरुमा अभ्यध्य ढाल बनेर तिम्री आमाको रक्षा गरेकोमा नेपाली जातिप्रति गौरवान्वित अनि कृतज्ञ पो बन्न सक्नुपथ्र्यो त। हुन्छ त सीमा ! जीवनमा अर्को पटक थुतुनो चलाउँदा सामाजिक मर्यादाको थोरै भएपनि ख्याल गर्ने छ्यौ भन्ने विश्वासका साथ अहिले छुटिन्छु । 

कमेन्ट लोड गर्नुस