सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहम्मद जयन्ती मनाइयो

२०८० असोज १२, ०७:५४

धनगढीः कैलालीको धनगढीमा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९८ औँ जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ मनाइएको छ। 

उक्त पर्वका अवसरमा मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ।  

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संम्वतको रवि अव्वल महिनामा साउदीअरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो। उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो। मोहम्मद जयन्तीलाई इद मिलादुनन बी र १२ रबी अव्वल पनि भन्ने गरिन्छ। 

नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद डे भनेर पनि मनाउने गरेका छन्। मोहम्मद दिवसको दिन इस्लाम धर्मावलम्बीले खुसी व्यक्त गर्दै मोहम्मदका विभिन्न नारा घन्काएका छन्।  मोहम्मद दिवसले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचारा सम्बन्ध कायम रहने जनविश्वास छ।

मोहम्मद डेका अवसरमा मुस्लिम समुदायहरू गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगन सरसफाइ गर्ने, घरमा इस्लामिक झण्डा फहराउने, दीप–प्रज्वलन गर्नेलगायत क्रियाकलाप छन्। 
 

कमेन्ट लोड गर्नुस