सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा श्रमदानबाटै ऐतिहासिक ‘बर–पिपल चौतारी’ निर्माण 

२०८० असोज ११, ०१:३७ खबर संवाददाता

डोटी : डोटीको केआईसिँह गाउँपालिका वडा नम्बर ५ मा श्रमदानबाटै ऐतिहासिक पिपल चौतारी निर्माण भएको छ। करिब ४ लाख रुपैयाँ बराबरको लागत रहेको चौतारी स्थानीय व्यक्तिहरूको श्रमदान र आर्थिक सहयोगबाट निर्माण सम्पन्न भएको हो। 

स्थानीय व्यक्ति तथा गाउँ समाजका विशिष्ट व्यक्तिहरूसँगको इच्छा तथा चाहाना अनुसार भदौ  ७ गतेदेखि श्रमदान गर्न थालिएकोमा भदौ १८ गते पिपल चौतारी निर्माण कार्य सम्पन गरी पुजाँ तथा विशेष पाठ गरी भदौ २५ गते समाजलाई हस्तान्तरण गरेको अध्यक्ष दुर्गा रावलले बताए। 

रावलले पिपल चौतारी निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागि भएर श्रमदान गर्ने गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही तथा स्थानीय, कर्मचारी, शिक्षक, भराणी (सुदुरपश्चिम क्षेत्रमा पौराणीक देवी देवताको पुजा गर्ने व्यक्ति) लगायत अन्य व्यक्तिहरूको सहयोग रहेको बताए। उनले समाजमा अझै सबै निर्माणका कार्य श्रमदानबाट आरम्भ गर्ने र श्रमदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।  

डोटी जिल्लाको बुहारगाँउस्थित बगरमा रहेको ऐतिहासिक तथा सयौँ वर्ष पुरानो सो पिपल चौतारी श्रमदानबाटै निर्माण गर्न पाउँदा स्थानीयहरू खुसी र हर्सित भएको बताउन्छन्। यसका साथै, स्थानीय व्यक्तिहरूले चौतारी निर्माण कार्य सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट ढुङ्गा फोड्ने, बोक्ने लगायत आर्थिक सहयोग प्रदान गरी महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। 

पिपल चौतारी निर्माण कार्य सम्पन्न भएपश्चात वडा नम्बर ५ बुहारी गाउँकी महिला दिदी बहीनीहरूले आफ्नो हरितालिका तीजको व्रत लगायत अन्य विशेष पुँजा गर्न पाउँदा खुसी व्यक्त गरेकी छिन्। 

वायल, गडीगाँउ, सलेना लगायतका ठाँउहरूमा पैदल यात्रा गरी आफ्नो कार्य गर्ने तथा विभिन्न स्थानीय लगायतका राष्ट्रिय चाडपर्वमा आफ्नो ससुराली आउने र जाने यात्रुहरूलाई समेत पिपल चौतारीको छहारीमा बसेर थकाई मेट्न सहयोग मिल्ने भएको छ। 

केआईसिँह गाउँपालिकाले विगतका महिनाहरूदेखि श्रमदानबाटै आम जनतालाई अति आवश्यक रहेका पूर्वाधार विकास तथा निर्माण गर्दै आएको छ।

 

कमेन्ट लोड गर्नुस