काठमाडौँबाट धनगढी आईरहेको बस दुर्घटना, १४ जना घाइते
काठमाडौँबाट धनगढी आउदै गरेको बस दुर्घटना हुंदा १४ जना घाइते भएका छन्। काठमाडौँबाट धनगढी आउदैै गरेको ना ७ ख ५१८७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपीलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको चप्परगाँंउमा दुर्घटना भएको हो। दुर्घटनामा परि बसमा सवार १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको र उनिहरुको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। बसको गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ।