सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८० असोज ११, ११:०० खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका-६ वैशाखामा अबैध भन्सार छली ल्याएका अन्दाजी ६० हजार ६ सय मूल्य बराबरको साईकल, आलु, टमाटर, खुर्सानी, फर्सी लगायतका तरकारी बुधवार साँझ प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ मसानघाट स्थित भन्सार छली ल्याएका अन्दाजी ३४ हजार १ सय मूल्य बराबरको चिनी, नरिवल, चकलेट, चप्पल लगायतका सामानहरु बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस