धनगढी–अत्तरिया छ लेनमा दुर्घटना

धनगढीः धनगढी–अत्तरिया छ लेन सडकमा दुर्घटना भएको छ। आज बिहान माहाकाली यातायात प्रालिको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२०६ नम्बरको हाइसले गोदावरी नगरपालिका १ मा साइकलयात्रीलाई ठक्कर दिएको मालाखेती प्रहरीले बताएको छ।
घाइतेको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ। हाइस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।
