सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीतोलामा भासिएको राजमार्ग पुनः कालोपत्र गर्न जमिनको अध्ययन गरिदै

फाइल फोटो
फाइल फोटो
२०८० असोज ११, १०:११ कमल सावद

धनगढीः भीमदत्त राजमार्गको प्रवेशद्वार गोदावरी नगरपालिकाको ‘भ्याँगुत्तेपानी’को सडक भासिएको तीन वर्ष बढी भयो। २०७७ को साउनमा भासिएको सडक अझै मर्मत भएको छैन। सडक भासिएकाले मर्मत गर्न सडक डिभिजन कार्यालय महेन्द्रनगरले प्राविधिक अध्ययन गरेको थियो। तर अध्ययन सफल नभएपछि सडक मर्मतको काम अलपत्र छ। जियोटेक इन्जिनियरको रिपोर्टमा जमिन मुनी पानी रहेको पाइएपछि भासिएको सडक पुनः कालोपत्र गरिएको छैन।

सुदूरपश्चिमको ७ पहाडी जिल्ला जोड्ने सो राजमार्गको गोदावरीदेखि ३ किलोमिटर टाढा पाँच सय मिटर सडक भासिएको तीन वर्षसम्म मर्मत नभएका बेला गत साउनमा फेरि बुढीतोलामा सडक भासिएको छ। उक्त सडक मर्मतका लागि समेत अध्ययन गरिने भएकोसडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर तारानाथ सिक्देलले बताए। उनले भने, जिओटेक र जिओलोजिस्टहरूले अध्ययन गर्ने भएका छन्। दुई महिना भित्रमा उहाँहरुले रिपोर्ट दिनुहुन्छ। अध्ययन भएपछि सडकको ठेक्का गर्छाै।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा तीन सय ४० मिटर भीमदत्त राजमार्ग गत साउनमा भासिएको हो। उक्त क्षेत्रमा थप दुई सय मिटर सडकमा समेत पहिरोले क्षति गरेको छ। पाँच सय ४० मिटर सडक पुनःकालोपत्रका लागि अध्ययन गर्न जियोटेक इन्जिनियरको समूह खटिएको छ। उक्त समूहले दुई महिना भित्रमा जमिनको अवस्थाका बारेमा रिपोर्ट दिनेछ। भ्याँगुत्तेपानीको सडक तीन वर्षदेखि अलपत्र परेका बेला बुढीतोला सडक क्षेत्रको जमिनको भने अध्ययन गरिने भएको हो। ‘अहिले कालोपत्र गर्न मिल्लदैन। अध्ययन भएपछि मात्र कालोपत्रको ठेक्का हुन्छ। अध्ययन गरेर मात्र कालोपत्र गर्न मिल्छ,’ उनले भने।

जमिन मुनिको पानीको मात्रा धेरै भएकाले सडक मर्मतमा समस्या भएको थियो। ग्याबिन जालीको सहयोगले बुढीतोलाको सडकमा यातायात सुचारु गरिएको छ। सात पहाडी जिल्लालाई जोड्ने अर्को वैकल्पिक राजमार्ग नभएको सुदूरपश्चिममा भीमदत्त राजमार्ग पहाडी जिल्लाको लाइफलाइन हो। सोहि सडक पनि पहिरोका कारण बन्द हुँदै आएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर तारानाथ सिक्देलले तीन सय ४० मिटर र थप ३ सय मिटर कालोपत्र गर्नुपर्ने बताए।

पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङलाई जोड्न भीमदत्त राजमार्ग भए पनि बर्सातको समयमा पहिरो र सडक भासिने गरेपछि आवतजावतमै समस्या हुने गरेको छ।

कैलालीको बुढीतोलामा भासिएको भीमदत्त राजमार्ग पुनःकालोपत्रका लागि अध्ययन गरिने भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा गत साउनमा भासिएको सडक कालोपत्रका लागि जियोटेक इन्जिनियरहरूले जमिनको अध्ययन गर्ने भएका हुन्। सडक भासिएको क्षेत्रको जमिनको भू–बनोट, जमिन मुनी पानीको अवस्था लगायत विषयमा अध्ययन गरिने भएको हो। दुई महिनाभित्र रिपोर्ट सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई दिने गरी अध्ययन गरिनेछ। जियोटेक इन्जिनियरहरूको रिपोर्टका आधारमा सडक डिभिजनले भासिएको क्षेत्रको सडक पुनःकालोपत्र गर्न ठेक्का सम्झौता गर्ने तयारी छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस