गहुँ बाली भित्राएपछि बाँझै रहने जमिनमा मुङ खेतीतर्फ आकर्षण

छोटो समयमै राम्रो आम्दानी गर्न सकिने भएपछि कैलाली कञ्चनपुरमा मुङ खेतीतर्फ किसानहरुको आकर्षण पनि बढ्दै गएको छ। मुङ खेती गर्ने किसानको संख्यामा बृद्धि हुदै गएपछि बिउको समेत अभाव हुन थालेको छ। किसानको संख्यामा बृद्धि भएपछि पूर्ण अनुदानको बिउ वितरण गर्न हम्मे हम्मे भएको प्रदेश र स्थानीय सरकारले बताएका छन्। गँहुबाली भित्र्याएपछि अढाइ महिना सम्म बाँझै रहने जमिनमा मुङ खेती गरि मनग्य आम्दानी लिन सकिने भएपछि किसानहरुले मुङ खेतीमा चाँसो देखाएका हुन्। चैत्र पहिलो सातादेखी बैशाख अन्तीम सम्मको समय मुङ लगाउने उपुक्त सिजन भएको र यो ७०÷८० दिनमै तयार हुन्छ भने यो बालीलाई ४÷५ पटक सम्म टिप्न सकिने सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले बताए।
उनका अनुसार गँहु बाली काटेपछि र रोपाई सुरु हुने बेला सम्म मुङ खेती गर्न सकिन्छ। मुङ न्युन लगानीमा मनग्य आम्दानी लिन सकिने खेती भएको जोशीले बताए। किसानको आर्थिक स्तर सुधार गर्नका साथै मुङले माटोको उर्वरा शक्ति समेत बढाउछ। मुङको कोसा टिपिसकेपछि खेतमा बाँकी रहेने त्यसको नलले प्रांगारीक मलको राम्रो फाईदा दिने भएकोले पनि यसको महत्व अझ बढी रहेको कृषि बिज्ञहरु बताउछन। मुङको नलबाट प्राप्त हुने मलले धानको उत्पादन समेत निकै बढाउने भएकोले मुङ खेती गरेर दोहोरो आम्दानी लिन सकने विज्ञहरुको धारणा छ।
कञ्चनपुरको बेलौरीमा साढे चार सय बिघा जमिनमा मुङ खेती गर्ने योजना प्रदेशको कृषि मन्त्रालयको थियो। तर किसानको माग अनुसार बीउ आएन्। जस्ले गर्दा किसानहरुले विउँ पाईरहेका छैनन। तर आर्थिक बर्ष २०७६÷०७७ मा रकम बढि विनियोजन गर्ने पक्षमा रहेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बताईन्। मुङले हरियो मलको काम समेत गर्ने हुदा कोसाहरु टिपेछि बोट काट्नुहुदैन् । मुङ खेतीमा किरा लाग्ने सम्भावना प्रवल रहन्छ। तर किसानले नहतारिकन बाली उम्रिएको १५÷२० दिनपछि किटनाशक औषधी छर्केमा किराको प्रकोप हटाउन सकिन्छ। मुङका लागि एक कठ्ठा जमिनमा बढिमा डेढ किलो बिउ लाग्छ।



