सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका व्यवसायी खड्का म्यूजिक भिडिओमा जम्दै

२०८० असोज १०, ०५:०६ खबर संवाददाता

धनगढीः कैलालीस्थित अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का म्यूजिक भिडिओमा जम्न थालेका छन्। उनले अभिनय गरेको अर्काे म्यूजिक भिडिओ सार्वजनिक भएको हो। 

साइराम फिक्चरले उक्त भिडिओ सार्वजनिक गरेको हो। ‘म हासेकै हुं तिम्रो मायाले’ बोलको गीतमा ज्ञानेन्द्रसँगै स्मारिका ढकालले पनि अभिनय गरेकी छन। हिमाल सागर र रचना रिमालले स्वर दिएको उक्त भिडिओको निर्देशन विक्रम चौहान गरेका हुन।

काठमाण्डौ आसपासमा सुटिङ गरेको उक्त भिडिओमा ज्ञानेन्द्रको अभिनय पअिलनमन गीतअरुमने तुलजनान  परिपक्म देखिएको छ । यस अघि पनि खड्काले थुप्रै भिडिओमा अभिनय गरिसकेका छन।

उनी अत्तरिया उधोग वाणिज्य संघका सदस्य समेत हुन्। खड्का अत्तरियामा रहेको बडिमालिका रिकन्डीसन हाउसका सञ्चालक हुन्।    

 

 

 


 

कमेन्ट लोड गर्नुस