अछामका स्वास्थ्यकर्मी आन्दोलित
अछामः अछामका स्वाथ्यकर्मी पनि आन्दोलित भएका छन्।
देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अछामा पनि विरोध गरिएको हो। जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप बुधवार प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उनीहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरेका छन्। जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सेवा ठप्प रहने बताए।