सुदूर नेपाललाई विश्वसँग जोड्दै

केजिष्टले मनायो विश्व पर्यटन दिवस

२०८० असोज १०, ०३:५८ खबर संवाददाता

धनगढीः  धनगढीस्थित रातोपुलमा रहेको केजिष्ट होटेल म्यानेजमेन्ट इन्सिच्युटले विश्व पर्यटन दिवस मनाएको छ। केजिष्टले बुधबार वकतृत्वकला कार्यक्रमको आयोजना गर्दै विश्व पर्यटन दिवस मनाएको हो।

नेपाल पर्यटन सम्भाव्यताको भूमी शिर्षकमा आयोजित प्रतियोगितामा प्रज्वल रावल प्रथम भएका छन्। १५ जना सहभागी आन्तरिक प्रतिस्पर्धामा दीपक विक द्वितीय र कविराज बोहरा तेस्रो भएका छन्। सहभागी तीनै जनाले टोकन अफ लव प्राप्त गरे। विद्यार्थीहरुको सक्रिय सहभागिता उत्साहजनक रहेको केजिष्टका एकेडेमिक हेड सन्दीप पाण्डेले जानकारी दिए।

विगत १२ वर्षदेखि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धि विविध दिवसहरु केजिष्टले मनाउँदै आएको छ। उक्त परम्परालाईं निरन्तरता दिदैँ यसवर्ष पनि पर्यटन दिवस मनाइएको पाण्डेयले बताए। यस्ता खाले अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुग्ने उनले बताए।
 

कमेन्ट लोड गर्नुस