सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

२०८० असोज १०, ११:०७ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँ बिचकापुरुवा चोकमा से.५.प.३४३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। दुर्घटनामा चालक भजनी नगरपालिका-३ का २३ वर्षीय मोहन चौधरी घाइते भएका छन्। उनको कोहलपुर मेलडकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस