सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजना घाइते

२०८० असोज १०, १०:२८ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका १ का ६० वर्षीय साइकलयात्री विजयराम डंगौरालाई मोटरसाइकलले ठक्कर दिँदा मंगलवार घाइते भएका हुन्।

डंगौरालाई सोही ठाउँका भागीराम चौधरीले चलाएको से २ प ४४७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ। घाईते डंगौराको चौमालामा सामान्य उपचारपछि थप उपचारका लागि मायामेट्रो अस्पताल धनगढीमा ल्याइ उपचार भइरहेको चौमाला प्रहरीले बताएको छ। चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।  
 

कमेन्ट लोड गर्नुस