सुदूर नेपाललाई विश्वसँग जोड्दै

सगरमाथा चढ्न हालसम्मकै धेरै

। फोटो स्रोत ।
२०७६ वैशाख १३, ०४:१९

यस वर्षको वषन्तकालीन सिजनमा हिमाल आरोहण गर्न विहीबारसम्म ८ सय ८० जना स्वदेशी तथा विदेशीले अनुमती लिएका छन। सगरमाथा आरोहणका लागि अनुमती सबैभन्दा धेरै छन। पर्यटन विभागका अनुसार विहीबारसम्म सगरमाथा आरोहणका लागि ३८ वटा आरोहण दलले अनुमती लिइसकेका छन। तिनमा ३ सय ६२ विदेशी र १३ जना छन।

वषन्तकालिन सगरमाथा आरोहणका लागि अनुमति लिन चैतदेखी खुला गरिएको थियो। अनुमती लिने क्रम अन्तिम चरणमा पुगेको विभागकी निर्देशक मिरा आचार्यले कान्तिपुरलाई बताइन। ‘यस सिजनमा सगरमाथा आरोहणका लागि जान अनुमति पाउनेको संख्या हालसम्मकै धेरै हो,’ आचार्यले भनिन। सगरमाथासहित २७ वटा हिमालका लागि यस सिजनमा ९८ वटा आरोहण दलले अनुमती लिइसकेका छन। यी सबै दलमा ८ सय २० आरोहण सदस्य छन। यी हिमाल आरोहण गर्न अनुमति पाएकामा नेपालसहित ४८ वटा मुलुकका नागरिक छन।

वषन्तकालिन सिजनमा सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार डलर (१२ लाख हाराहारी रुपैया) आरोहण दस्तुर बुझाउनु पर्छ भने नेपालीलाई ७५ हजार तोकिएको छ। सलामी दस्तुरमा सगरमाथा आरोहण सर्वा्धिक महंगो हिमालको सूचीमा पर्छ। यस सिजनमा विभागले सगरमाथासहित २७ वटा हिमाल चुचुरा आरोहण गर्न गएकाहरूबाट ४८ करोड ७३ लाख रुपैया संकलन गरेको छ। सगरमाथातर्फ लागेका आरोहण दलका सदस्यबाट मात्रै ४३ करोड ६२ लाख रुपैया संकलन भएको छ। विदेशीका लागि वषन्तकालिन सिजनमा ११ हजार डलर दस्तुर तिर्नुपर्ने यो हिमालका लागि विभागले हिउद र बर्खा याममा २७ सय ५० डलरमात्रै लाग्छ।

व्यवसायीहरूका अनुसार विदेशीले सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखी १ करोड रुपैयासम्म खर्च गर्छन। सरकारलाई तिर्ने दस्तुरबाहेक आरोहीहरूले एक्सपिडीसन कम्पनीको लागत, विमा, हिमाल आरोहण गर्ने गियर (सामग्री), नेपाल सरकारले खटाउने सम्पर्क अधिकृतलाई भत्ता, हवाई टिकट लगायत खर्च ब्यहोर्नुपर्छ।

नेपालमा पछिल्ला वर्ष सर्वाधिक हिमाल आरोहण गराउने सेभेन समिट ट्रेक्सका प्रवन्ध निर्देशक मिङमा शेर्पाका अनुसार, विहीबारसम्म सबैभन्दा धेरै भिडभाड सगरमाथा आधार शिविरमा छ। उनका अनुसार, सगरमाथाबाहेक, ल्होत्से र नुप्चे हिमाल आरोहण गर्नेहरू पनि त्यही पुगेका छन। ‘लुक्लादेखी माथि खुम्बु क्षेत्रमा मात्रै यतिबेला १० हजार हाराहारी विदेशी, नेपाली, शेर्पा, गाइड, भरिया पुगिसकेका छन।,’ पर्यटन विभागमा सवार्धिक सलामी दस्तुर बुझाउने सूचीमा रहेका मिङमाले भने। साभार - कान्तिपुर
 

कमेन्ट लोड गर्नुस