सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मन्त्रीको निजी सचिव हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ

२०८० असोज ७, ०९:४६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र  सामाजिक विकास मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भनि ठगी गर्ने एक जना युवक पक्राउ परेका छन्।

कालिकोट शुभकालिका गाँउपालिका–८ मुग्राहका २९ वर्षीय अम्मरराज सेजुवाललाई कैलाली प्रहरीले नेापलगंजबाट पक्राउ गरेको हो। अम्मरले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र  सामाजिक विकास मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भनि प्रदेशका विभिन्न जिल्लाका कृषि कार्यालयमा कामगर्ने कर्मचारीलाई फोन गरी पैंसा माग्ने गरेका थिए।

सेजुवालले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयका  कर्मचारीबाट रकम उठाउने गरेको समाचार प्रकाशित भए पनि भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाका स्वकीय सचिव रमेशकुमार चन्द हुँ भनेर मन्त्रालय मातहतका कार्यलयका कर्मचारीलाई रकम माग गरेपछि चन्दले कैलाली प्रहरीमा पैसा माग्न प्रयोग भएको मोवाइल नम्बर ९८५११७३३१८ बाहक व्यक्ति पक्राउ गरेर आवश्यक कारबाही गर्न  भदौ १० गते जाहेरी दिएका थिए। चन्दले प्रहरीमा सेजुवालले गरेको कुराकानीको अडियोसमेत  पेस गरेका थिए।

उक्त घटना बाहिरीएपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विज्ञप्ति मात्र निकाले पनि चन्दले किटानी जाहेरी दिएका हुन्। त्यसपछि कैलाली प्रहरीले सेजुवाललाई नेपालगंजको एक होटेलबाट पक्राउ गरेर धनगढी ल्याएको हो। जिल्ला अदालतबाट म्यादथपको अनुमति लिई अनुसन्धान जारी रहेकोले अम्मरराजले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको भए आफूसँग भएको आधार प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दरखास्त पेश गर्न प्रहरीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस