कञ्चनपुरमा बेवारिसे शिशु काण्डः अर्कै केटासँग भाग्न खोज्दा आमा पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/sharmila.png?itok=kL0x-YEk)
कञ्चनपुरः कञ्चनपुरमा एक नौै महिने शिशु शुक्रवार बेवारीसे अवस्थामा फेला परे। जिल्लाको बेलौरी नगरपालिका–७ स्याली खोला नजिकै उखुबारीमा हातखुट्टा बाँधेर अलपत्र छोडिएको शिशु देखेपछि शुक्रवार बिहान स्थानीयले उद्धार गरेका थिए।
सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा फेला परेको शिशुको हात र खुट्टा दोपट्टाले बाँधिएको थियो। हातखुट्टा बाधेर उखुबारीमा छोडेको अवस्थामा बेलौरीको सिहपुरका स्थानीयले देखेपछि बेलौरी प्रहरीलाई खबर गरेका थिए।
ती शिशुलाई प्रहरीले उद्धार गरेको थियो। शिशुलाई प्रहरीले उद्धार गरी ल्याएपछि मामा घरकी बज्यैले बुझेर लगेको प्रहरीले जनाएको छ। बच्चाको हातखुट्टा बाँधी परपुरुषसँग भाग्न लागेकी आमा दुई दिनपछि पक्राउ परेकी छन्।
शिशुकी आमा पुनर्वास नगरपालिका–२ अमरैया घर भएकी २७ वर्षीया शर्मिला चौधरीलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ गरेको हो। पुनर्वास नगरपालिका–२ अमरैया स्थित माइती घरमा बस्दै आएकी शर्मिलाले आफैंले जन्माएको बच्चालाई उखुबारीमा बाँधेर फरार भएकी थिइन्।
उनलाई शनिवार बेलडाँडी गाउँपालिका–३ बैवाहाबाट पक्राउ गरी पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया रानासहितको रहोवरमा इलाका प्रहरी कार्यालय बेलौरी पुगाएर मुद्धा चालाइएको प्रहरीले बताएको छ। शर्मिलाले यसअघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी विवाह गरेकी थिइन्।
केही समय विवाहित जीवन राम्रो चलेपनि पछि अजयलाई छाडेर उनले बैलौरीकै सुन्दर चौधरीसँग अर्को भागी विवाह गरेकी थिइन्। शर्मिलाबाट जन्मिएको शिशु कसको हो, बुवा को हुन् भन्ने पहिचान नभएपछि श्रीमान् सुन्दर चौधरीसँग विवाद भएपछि उनी तेस्रो व्यक्ति बेलडाँडी–३ वैवाहका प्रेम डगौरासँग बिवाह गर्न बच्चा छोडेर पुनःभाग्न लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
शुक्रबार उखुबारीमा छोडेको बच्चा र त्यसअघि ६ बर्षको अर्को बच्चा समेत रहेको बुझिएको छ। नौ महिनाको बच्चाका कारण झगडा हुन थालेपछि उनले बच्चालाई छोडेर अर्केसँग विवाह गर्न हिडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तेस्रो व्यक्तिसँग फेसबुकबाट कुराकारी भई प्रेममा परी उक्त बच्चालाई उखुबारीमा छोडेर बेलडाँडी–३ का अर्कै केटासँग भागेर गएको भन्ने सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीले शर्मिलामाथि अनुसन्धान सकेर अहिले उनीबिरुद्ध मुद्धा चलाउने तयारी भइरहेको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)