चीनसँग व्यापार गर्न खुल्यो नयाँ व्यापारिक मार्ग

काठमाडौँः चीन र नेपालबीचको वैदेशिक व्यापारमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले नयाँ व्यापारिक मार्ग खुलाएका हुन्।
कोरोना नाका नजिक बनेको बन्दरगाह सञ्चालनमा आएसँगै चीनसँगको व्यापारमा प्रयोग हुने मुख्य व्यापारिक मार्गको सङ्ख्या तीन पुगेको छ। नेपाल–चीनबीच हाल तातोपानी र रसुवागढी गरी दुई व्यापारिक नाका छन्। यो सूचीमा निकट भविष्यमै समुन्द्री सतहबाट ४६ सय मिटरको उचाइमा रहेको लिजी बन्दरगाह थपिएको हो।
नेपाल र चीनको व्यापारका लागि प्रयोग हुने गरी पहिचान र निर्माणको योजनामा करिब आधा दर्जन व्यापारिक मार्ग छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले छिमेकी नेपालसँग आर्थिक गतिविधि बढाउने लक्ष्यसहित नयाँ व्यापारिक मार्ग अर्थात् लिजी बन्दरगाह सञ्चालन गरेको हो।
नेपालको सीमाबाट जम्मा १२ किलोमिटरको दूरीमा रहेको यो बन्दरगाह सञ्चालनमा आएपछि नेपालसँगको आर्थिक गतिविधि झनै मजबुत बन्ने बताइएको छ। कोरोना महामारीका कारण बन्द भएको नेपाल–चीन सीमा नाका ५ महिना अघि मात्रै पुनः सञ्चालनमा आएको थियो। जसमा तातोपानी र रसुवागढीको सूचीमा लिजी समेत थपिएको हो।
.gif)


