सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यान्सरविरुद्धको खोप लगाउने समयावधि पाँच दिन थप

२०८० असोज ६, ०५:०६ खबर संवाददाता

काठमाडौँः  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समयावधि थप गरेको छ। पहिला यहि असोज ५ गतेसम्म मात्रै निर्धारण गरिएको समयावधि १० गतेसम्मको लागि थप गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

गएको भदौ २७ गतेबाट सुरु भएको यो अभियान असोज ५ गतेसम्मको लागि निर्धारण गरिएको थियो। लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थप गरिएको महाशाखाले जनाएको छ।

पहिलो चरणमा १४ वर्ष नाघेका र १५ वर्ष नपुगेका किशोरीहरुलाई खोप दिन थालिएको हो। यो उमेरसमूहका किशोरीको सङ्ख्या नेपालमा साढे तीन लाख रहेको सरकारले जनाएको छ। नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु गरिएको हो। 

कमेन्ट लोड गर्नुस