कञ्चनपुरमा करेन्ट लागेर एक बालिकाको मृत्यु

२०७६ वैशाख १३, ०१:५५
कञ्चनपुरको कृष्णपुरमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। काकृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा शुक्रबार करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय झलारीका अनुसार टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हुदा ६ वर्षीया कमला भुलको मृत्यु भएको हो। यस्तै करेन्ट लागेर उनका बाजे ५५ वर्षीय देबुवा भुल सामान्य घाइते भएका छन्।




कमेन्ट लोड गर्नुस