सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुुँदे सहमति

२०८० असोज ५, ०६:०१ खबर संवाददाता

काठमाडौंः  विद्यालय शिक्षासम्बन्धी विधेयकका कतिपय प्रावधानको विरोध गर्दै आन्दोलनमा रहेका शिक्षक र सरकारबीच सात बुँदे सहमति भएको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको सरकारी वार्ता टोलीसँग आन्दोलनरत शिक्षकले सहमति गरेका हुन्। शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमती जुटेको संचारमन्त्री रेखा शर्माले बताएकी छन्। ‘सहमती भएको छ। ड्राफ हुँदैछ। उहाँहरुको मागलाई संसद्मा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरेका छौँ,’ मन्त्री शर्माले भनिन्।
 

कमेन्ट लोड गर्नुस