उच्चस्तरीय छानविन आयोग गठनबारे छलफल गर्न बैठक बस्दै
काठमाडौंः सुन प्रकरणबारे छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठनबारे छलफल गर्न सरकारले प्रमुख दलका नेताहरुलाई बैठकका लागि बोलाएको छ।
यसअघि भएको सहमतिअनुसार पाँच बजे बस्ने बैठकमा आयोग गठनको लागि कार्यदल बनाउनेबारे छलफल हुने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए। अहिले उपप्रधान तथा गृहमन्त्री नाराकायणकाजी श्रेष्ठ आन्दोलनरत शिक्षकहरुसँग वार्तामा छन्। यो वार्तापछि आयोग गठनबारे छलफल गर्नको लागि प्रमुख दलका नेताहरुबीच बैठक बस्ने तयारी छ।