शिक्षक महासंघ र सरकारबीचको वार्ता सर्यो
काठमाडौँः शिक्षक महासंघ र सरकारबीच तीन बजे हुने भनिएको वार्ता सरेको छ। शिक्षक महासंघका पदाधिकारीहरू माइतीघरमा कोणसभालाई सम्धोन गर्न व्यस्त रहेका कारण तीन बजे हुने भनिएको वार्ता ढिला हुने भएको हो।
शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार वार्ता हुने खबर आए पनि समय तय नभएको बताए। ‘गृहबाट खबर आएको थियो। तर समय तय भएको छैन,’ उनले भने। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा वार्ता हुन लागेको हो। वार्तामा सरकारको तर्फबाट गृहमन्त्री श्रेष्ठ, शिक्षा मन्त्री अशोक राई, शिक्षा सचिव अधिकारी रहने छन्। शिक्षकको तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहितको टोली हुनेछ।