सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्वाधार निर्माणले तिव्रता पाएपनि गेटा मेडिकल कलेज सञ्चालनको प्रक्रिया सुरु भएन

२०७६ वैशाख १३, १०:४९ नवराज पनेरु

गेटा मेडिकल कलेजमा पुर्वाधार निर्माण अन्तिम चरणमा पुगेपनि अस्पताल सञ्चालन र पठनपाठनका लागि प्रक्रिया नै सुरु भएको छैन्। मेडिकल कलेज सञ्चालनका लागि आधारतभुत पुर्वाधारहरु तयार भईसकेपनि अस्पताल सञ्चालन र पठनपाठनका लागि प्रक्रिया नै सुरु नभएको हो। अस्पताल सञ्चालन र पठनपाठनको लागि अहिले सम्म ऐन बनाउने प्रक्रिया समेत सुरु नभएको हो। गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका अनुसार अहिले गेटामा २९ वटा भवनको निर्माण भईरहेको छ। पहिलो चरणमा निर्माण थालिएका संरचनाहरुमा ७० प्रतिशत निर्माणको काम सकिएको छ जस्ले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक आधारभुत पुर्वाधारहरु पुरा भएको हुन्छ। मेडिकल कलेजका निर्माणाधीन अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ। कलेजका लागि दुई तलाको र तीन तलाको गरी दुई वटा छुट्टा छुट्टै भवन निर्माणाधिन रहेकोमा अधिकांश निर्माण कार्य पूरा भइसकेको छ।

यस्तै पाँच तलाका दुई वटा छात्रावास भवनको काम पनि आधाभन्दा वढी सकिएको छ। चिकित्सकको आवास गृहका आठ वटा भवन निर्माणको काम पनि तिव्र गतिमा भईरहेको छ। अन्य कर्मचारीको आवासका लागि पनि तीन वटा छुट्टै भवन निर्माणको काम भईरहेको छ। गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिको कार्यकारी निर्देशकबाट भर्खरै सरुवा भएका हेमराज पुजाराका अनुसार भौतिक संरचना निर्माणका लागि हालसम्म झण्डै ४ अर्बको ठेक्का भइसकेको छ। संरचना निर्माणले गति लिएका बेला अव मेडिकल कुन रुपमा सञ्चालन गर्ने विषयमा भने वहस समेत सुरु भएको छैन्। 

शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गेटा मेडिकल कलेज नयाँ ढंगबाट लैजाने तयारी भएको बताएपनि त्यस्को तयारी भने अहिले सम्म भएको छैन्। पुजाराले २०७८ सालभित्रै अस्पताल सञ्चालन गर्न सकिने अवस्था भएपनि त्यस्का लागि आवश्यक प्रक्रिया भने अगाडी बढाउन पर्ने बताए। सुरुमा ऐन बनाएर अनि त्यसको मोडालिटीको टुङगो लगाउन पर्ने हो तर अहिले सम्म ऐन बनाउने कार्य नै सुरु नभएको उनको भनाई छ। पहिलो चरणमा मेडिकल कलेजका रुपमा सञ्चालन गर्ने कि प्रतिष्ठानको रुपमा सञ्चालन गर्ने वा अन्य विकल्प खोज्ने सोही विषयमा निर्णय लिनुपर्ने उनको तर्क छ। सुरुमा अस्पताल सञ्चालन भएपछि मात्रै मेडिकल कलेजमा पठनपाठन सुचारु हुने छ। तर अस्पतालका लागि आवश्यक उपकरण खरिद जडान लगायतका सबै प्रक्रियाको सुरुवात अहिलेदेखि नै नभए मेडिकल कलेज सञ्चालनमा अझै बर्षाै लाग्ने देखिएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस