सुदूर नेपाललाई विश्वसँग जोड्दै

डीसीएले गर्‍यो तीन राष्ट्रिय क्रिकेटरलाई सम्मान

२०८० असोज ४, ०२:५४ खबर संवाददाता

धनगढीः धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले तीन क्रिकेटरलाई सम्मान गरेको छ। महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपाललाईँ  सेमिफाइनलसम्म पुर्‍याउँन महत्वपूर्ण योगदान दिएका तीन महिला क्रिकेटरलाई धनगढीमा सम्मान गरिएको हो। 

नेपाली टोलीमा रहेका धनगढीकी कविता कुँवर, ईश्वरी विष्ट र रुवि पौदारलाई डीसीएले बिहिवार सम्मान गरेको छ। 

सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा ग्रेस इन्टरनेसनलका निर्देशक अन्ड्रु पौडेलले तीनैजनालाईं सम्मानपत्र र मायाँको चिनोसहित सम्मान गरे। 

सम्मानग्रहण गरेपछि कविताले ग्रासरुट क्रिकेटको विकासमा डीसिएको महत्वपूर्ण योगदान रहेको र लामो समयदेखि यहाँको क्रिकेट विकासमा भूमिका खेलेको संस्थाबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताइन । 

सम्मान गर्दै अन्ड्रुले राष्ट्रिय खेलाडीहरू देशको गहना भएको र सम्मानको अवसर दिएकोमा डीसिएलाई धन्यवाद ज्ञापन गरे। गत हप्ता भएको प्रतियोगितामा थाईल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।

डीसीएले अन्तर्राष्ट्रिय खेलाडीहरुलाईँ शतप्रतिशत निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाउँदै आएको छ । साथै सबै महिला खेलाडीहरू निःशुल्क प्रशिक्षणको व्यवस्था छ। लगत्तै डीसिएले महिला खेलाडीको विकासका लागि प्रिसेस कप क्रिकेटको पनि आयोजना गर्दछ। डीसीएमा आधा दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीहरू प्रशिक्षणरत् छन्। 

सम्मान कार्यक्रममा डीसिएका प्रशिक्षक राजु रिजाल, प्रबन्धक समुयल न्यौपानले लगायतको उपस्थिति थियो।

कमेन्ट लोड गर्नुस