कञ्चनपुरको जंगलमा कुटपिट र लुटपाट, २ जना पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Pakrau-11676656118_0.jpg?itok=hGN5zaNF)
धनगढीः कञ्चनपुरको जंगलमा कुटपिट र लुटपाट भएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पूर्वपश्चिम राजमार्गमैँ कुटपिट र लुटपिट भएको हो। घटनामा संलग्न रहेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिकाका २ युवा पक्राउ परेका छन्।
बुधवार साँझ जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ को अर्जुनी जंगलमा कुटपिट गरेर गरगहनासहितको धनमाल लुटपाट गर्ने वेदकोट नगरपालिका–२ दैजीका २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चौधरी र डगौराले अर्जुनीको जंगलमा शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीका ४० वर्षीय अम्बादत्त जोशी र उनकी ३५ वर्षीय बहिनी द्रोपती जोशीलाई लुटपाट र कुटपिट गरेका हुन्।
गड्डाचौकीबाट जर्सी गाई किनेर घरतर्फ ल्याइरहेका अम्बादत्तलाई कुटपिट गर्दै पक्राउ परेका २ जनाले द्रोपतीको ८ आनाको तिलहरी र एउटा मोबाइल लुटेर भागेका आरोप छ।
से.२ प. ८३६२ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ गइरहेका दुबै जनाको कुटपिटका कारण अम्बादत्तको हात र खुट्टामा चोट लागेको छ। उनको झलारी बजारस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भईरहेको छ। इलाका प्रहरी कार्यालय झलारीको टोलीले मोटरसाइकलसहित चौधरी र डगौंरालार्ई पक्राउ गरेको हो। घटनाको अनुसन्धान जारी हरेको कञ्चनपुर प्रहरीले बताएको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)