सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा नेपालद्वारा देशभर शान्तिपूर्ण विरोध प्रदर्शन

२०८० असोज ३, ०९:१६ खबर संवाददाता

काठमाडौँः  राप्रपा नेपालले देशव्यापीरुपमा आज शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ। संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्था मौलाएको तथा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनासहित संघियताको खारेजीको माग राख्दै राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनको क्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाको पुत्ला दहन समेत गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीले बताए। शान्तिपूर्ण प्रदर्शनमा विभिन्न जिल्लाहरुमा प्रहरी प्रशासनले धरपकड र हस्तक्षेप गरेको भन्दै राप्रपा नेपालले भत्सर्ना गरेको छ।
 

कमेन्ट लोड गर्नुस