सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

२०८० असोज ३, ०७:४० खबर संवाददाता

बैतडीः  बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–२ मल्लाढिबाट एक नाले भरुवा बन्दुक र बारुदसहित सोहि गाँउपालिका–१ रिमका ४५ वर्षीय बिष्णुसिंह साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी खोचलेक बैतडीबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र बारुदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस