सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान दिवसका अवसरमा ६७० कैदीको बाँकी कैद माफी मिनाहा

२०८० असोज ३, ०६:०८ खबर संवाददाता

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ।

उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

कमेन्ट लोड गर्नुस