सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ

२०८० असोज २, ०९:३५ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर–१ ब्लक नम्बर–२३ ड्राईभर टोलबाट ६० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय विपिन चौधरी पक्राउ परेका हुन्।

यस्तै कैलालीकोे धनगढी उपमहानगरपालिका–१५ कनरीबाट १२० मिलिग्राम खैरो हेरोईन र २.८६ ग्राम चरेशसहित धनगढी उपमहानगरपालिका–१४ ‘सी’ गाँउका ३७ वर्षीय नवराज जोशी पक्राउ परेका हुन्। जोशीलाई प्रहरी चौकी कनरीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस