सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा डुबेर एक बालिकाको मृत्यु

२०८० असोज २, ०८:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको एक खोलामा डुबेर बालिकाको मृत्यु भएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ मा रहेको गौडी खोलामा डुबेर सोही ठाँउ नौखुरी बस्ने मान बहादुर डगौराको छोरी १३ वर्षीया सृष्टि डगौराको सोमवार मृत्यु भएको हो।

सोमवार दिउँसो गौडी खोलामा नुहाउन गएकी सृष्टि घरमा नफर्केकोले खोजतलास गर्ने क्रममा खोलामा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीले थप अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस