सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० औं परिवार योजना दिवस मनाइयो

२०८० असोज १, ०८:४९ खबर संवाददाता

धनगढीः धनगढीमा १० औं परिवार योजना दिवस मनाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयले धनगढीमा  सोमबार परिवार योजना दिवस मनाएको हो।

परिवार योजना सेवाको लक्ष्यः आमा र बच्चाको स्वास्थ्य सुधार्न जुटौं सबै पक्ष भन्ने नाराका साथ  १० औं राष्ट्रिय परिवार योजना दिवस मनाइएको छ। स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख तेजबिक्रम शाहीको अध्यक्षता भएको कार्यक्रममा  नेपाल परिवार नियोजन संघ कैलालीका प्रवन्धक चेतराज फुलारा लगायतका स्वास्थ्यकर्मी र संचारकर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख शाहीले परिवार योजनाको विगत र वर्तमान अवस्थाको बारेमा प्रस्तुति गरेका थिए। कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन सुपरभाइजर ओलटनारायण चापागाईंले गरेका थिए।

कार्यक्रममा परिवार नियोजनाका साधनहरूको प्रयोगको अवस्था, सुरक्षित गर्भपतन सेवाको विस्तार र पहुँचको अवस्था तथा परिवार योजनाका लागि व्यक्ति, परिवार समुदाय र सरकारी निकायले गरिरहेको कामको विषयमा चर्चा गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस