सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई विद्यालय सम्मानित

२०८० असोज १, ०४:२७ खबर संवाददाता


धनगढीः धनगढीका दुई विद्यालय सम्मानित भएका छन्। शैक्षिकसत्र २०७९ को कक्षा ८ को नगर स्तरीय परीक्षामा सम्मिलित विद्यार्थी संख्या र सिकाइ उपलब्धिका कारण उत्कृष्ट ठहरिएका विद्यालयलाई जनही नगद ५० हजार र प्रशंसापत्रसहित सम्मानित गरिएको हो।

सोमाबार आयोजित धनगढी उपमहानगरपालिको ९ औं स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालय तर्फ धनगढी-५ हसनपुरको पञ्चोदय माध्यमिक विद्यालय र संस्थागत तर्फ धनगढी-८ क्याम्पस रोडको एरिष्टो माध्यमिक विद्यालयलाई जनही नगद ५० हजार र प्रशंसापत्रसहित सम्मान गरिएको हो।

सामुदायिक विद्यालय तर्फ पञ्चोदय माध्यमिक विद्यालय र संस्थागत विद्यालय तर्फ एरिष्टो स्कुलले शैक्षिकसत्र २०७९ को कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएकाले उपमहानगरले सम्मानित गरेको हो। कार्यक्रमा प्रदेश सभाका उपसभामुख कोइलीदेवी चौधरीले पञ्चोदयका प्रधानाध्यापक हरिशकुमार ओझा र एरिष्टोका प्रधानाध्यापक शान्ति अधिकारीलाई नगद ५० हजारसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए। 

कमेन्ट लोड गर्नुस