सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम श्री शारीरिक सुगठन प्रतियोगिताको ट्रफी सार्वजनिक

२०८० असोज १, ०४:२४ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक हुने सुदुरपश्चिम श्री शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।

फारवेष्ट फिटनेस एण्ड स्पोर्टस क्लबको आयोजनामा आउँदो असोज १२ र १३ गते धनगढीमा सुदुरपश्चिम श्री प्रतियोगिताको  ट्रफी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो। दुई विधाका प्रथम द्धितीय र तृतीय हुने खेलाडीलाई दिईने ट्रफी सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह र फारवेष्ट फिटनेस एण्ड स्पोर्टस क्लबका अध्यक्ष मोहन तामाङले सार्वजनिक गरे।

खुल्ला पुरुष शारिरिक र शारिरिक सुगठन खुल्ला गरि दुई विद्यामा खेलाईने प्रतियोगिताका दुबै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार दिईनेछ। यस्तै दुबै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिईनेछ। साथमा जिन्सी पुरस्कारहरुबाट पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ। ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै सदस्य सचिव दिपकवहादुर सिंहले प्रदेशमा पहिलो पटक हुन लागेको शारिरीक सुगठन प्रतियोगितालाई सफल पार्नका लागि परिषदले प्रबद्र्धन गरेर साथ दिएको बताउँदै यसले खेलाडी उत्पादनमा पनि टेवा पुराउने बताए।

शारीरिक सुगठनको खेलको जग सुदूरपश्चिम प्रदेशमा बसाल्न तथा खेलाडीहरु उत्पादन गर्दै यो क्षेत्रको देशभरी पहिचान गराउन र लागुऔषध दुव्र्यसनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजनाको तयारीमा लागेको आयोजकले जनाएको छ। प्रतियोगितामा कुनै पनि उमेर समुहका खेलाडीहरुले भाग लिने सक्नेछन्। प्रदेश स्तरीय प्रतियोगिता भएकाले सुदूरपश्चिमको जहाँ सुकै बसोबास गरिरहेका खेलाडीहरुले भाग लिन पाउने फारवेष्ट फिटनेस एण्ड स्पोर्टस क्लबका अध्यक्ष मोहन तामाङले जानकारी दिए। प्रतियोगितामा सहभागी हुन खेलाडीहरुले एक हजार दर्ता शूल्क बुझाउनु पर्नेछ। क्लबका अध्यक्ष तामाङका अनुसार प्रतियोगिताको पहिलो दिन खेलाडीहरुको तौल र उचाई मापन गरिने छ भने दोस्रो दिन खेलाडीहरुको पूर्व निर्णय तथा अन्तिम निर्णय लिईने छ। 

कमेन्ट लोड गर्नुस