सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘हात्तीछाप’ माघमा प्रदर्शन हुने

२०८० भदौ ३१, ०७:११ खबर संवाददाता

काठमाडौंः  किरण नेपालीको प्रस्तुति रहेको फिल्म ‘हात्तीछाप’ २६ माघबाट सार्वजनिक रुपमा प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। 

फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ। सौगातलाई फस्टलुकमा ‘बोत्तल राजा’ को पात्रमा प्रस्तुत देखाइएको छ। सिमोस सुनुवारको निर्देशन रहेको फिल्म वितरकसँगको  सल्लाहा अनुसार माघको २६ गते ल्याउन लागिएको निर्माता किरण नेपालीले बताए।

प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा सौगातको अलवा दयाहाङ राई, उपासनासिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिमा खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ।

तर, फिल्मको पहिलो फस्टलुकमा भने निर्माणपक्षले सौगातलाई मात्र स्थान दिएको छ। सुशन प्रजापतिको छायांकन रहेको फिल्म काठमाडौँ र पोखरामा खिचिएको हो। किरणले नै यसअघि दया, सौगात र उपासनालाई लिएर निर्माण गरेको फिल्म ‘२ नम्बरी’ बक्स अफिसमा हिट भएको थियो।

कमेन्ट लोड गर्नुस