सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया अस्पतालद्धारा आकस्मिक बाहेकका सेवा बन्द

२०८० भदौ ३१, ०४:४२ खबर संवाददाता

धनगढीः  कैलालीको अत्तरियामा रहेको अत्तरिया अस्पतालले आकास्मिक बाहेकका सेवा बन्द गरेको छ।

हेटौंडामा चिकित्सक माथी भएको सांघातिक आक्रमणको निन्दा गर्दै अस्पताले आन्दोलमा समर्थन जनाउँदै आकस्मिक बाहेकका सेवा बन्द गरेको हो। अस्पतालले आइतबार एक सूचना जारी गर्दै नेपाल चिकित्सक संघ (एएमए) ले घोषणा गरेको अन्दोलनमा समर्थन जनाउँदै आकस्मिक बाहेकका सेवा आइतबार देखि बन्द गरेको जनाएको छ।

साथै एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) सुदूरपश्चिम प्रदेशले हेटैडामा चिकित्सक माथि भएको सांघतिक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले गरेको आन्दोलनमा समर्थन जनाउँदै आइतबार सुदूरपश्चिमका निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।

कमेन्ट लोड गर्नुस