सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

२०८० भदौ ३१, ०८:२५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

कञ्चनपुरको भिमदत्त नगरपालिका-११ चेकप्वाईन्टबाट डाइजापाम १ एम्पुल, फेनारगन २२ एम्पुल र रेक्सोजेसिक १० एम्पुलसहित बेदकोट नगरपालिका ७ बस्ने २० वर्षीय सन्तोष भट्ट शनिवार राति पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिइएको प्रहरी टोलीले भट्टलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस