सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिपको ठक्करबाट मोटरसाइकल चालक घाइते

२०८० भदौ ३०, ०८:५० खबर संवाददाता

बैतडीः  बैतडीमा जिप र मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्। जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका–८ ज्यापु भन्ने स्थानमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा  मोटरसाइकल चालक घाइते भएका छन्।

बझाङबाट धनगढी आउँदै गरेको से १ ज ९७९ नम्बरको जिप र धनगढीबाट बझाङतर्फ गइरहेको से ७ प ६२८५नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। सो दुर्घटनामा मोटरसाइकल चालक सुर्नया गाउँपालिका–५ का मदन बिष्ट घाइते भएका छन्। उनको डडेल्धुरामा उपचार हुन नसकेपछि डडेल्धुरा अस्पतालले धनगढी रेफर गरेको छ।

बिष्टको बाँया खुट्टा र बाँया हातमा चोट लागेको छ। जिप चालक बझाङ्गको बुंगल नगरपालिका–८ का रमेश बोहरा र जिपलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस