हरितालिका तीज र संविधान दिवस लक्षित टेलिकमको विशेष अफर
काठमाडौँः यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व सम्बन्धी विशेष अफर उपलब्ध गराउने भएको छ।
यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो अफर भाद्र ३१ गतेदेखि प्रारम्भ हुनेछ र आगामी असोज ६ गतेसम्म उपलब्ध हुनेछ। अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ।
त्यसैगरी ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ। यसबाहेक, १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक र २९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ। यस्तै, ३९९ रुपैयाँमा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुने बताइएको छ।