बाजुरामा घरेलु मदिरा बरामद
बाजुराः बाजुरामा प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ।
जिल्लाको बडिमालिका नगरपालिका–९ गड्खेतबाट १ सय ८८ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
शनिवार गड्खेतका स्थानीय चक्र बडुवालको पसलबाट १ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास र ३ लिटर अवैध मदिरा समेत बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ।